आर्ट अफ लिभिङको ६ दिने ह्यप्पिनेस प्रोग्राम नेपालगन्जमा सुरु

नेपालगन्ज : अध्यात्मिक संस्था द आर्ट अफ लिभिङले सोमबारदेखि नेपालगन्जमा ६ दिने ह्याप्पिनेस प्रोग्राम सुरु गरेको छ ।
नेपालगन्जको सिद्धार्थ कटेजमा आयोजना गरिएको े ह्याप्पिनेस प्रोग्राममा द आर्ट अफ लिभिङका योग प्रशिक्षक काव्य लम्साल र नविन आचार्यले सहजीकरण गरिरहेका छन् । ६ दिनमा योग, ध्यान, प्रणायाम, सुदर्शन क्रिया, सकारात्मक सोच सम्बन्धी ज्ञानबारे चर्चा हुनेछ । तालिममा नेपालगन्जका २० जना भन्दा बढी जनाको सहभागिता रहेको छ ।