१०० लायन्सकर्मी योग र ध्यानमा (फोटो फिचर)

नेपालगन्ज : पश्चिम नेपालका झन्डै १०० लायन्सकर्मीहरुले शनिबार नेपालगन्जमा योग र ध्यान गरेका छन् । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनले नेपालगन्जमा आयोजना गरेको गभर्नर प्रेसिडेन्ट मीट प्रोग्रामको दोस्रो दिन बिहान योग र ध्यान गरिएको हो ।
द आर्ट अफ लिभिङका योग प्रशिक्षक काव्य लम्सालले योग र ध्यानबारे प्रशिक्षण दिएका थिए । योग प्रशिक्षक लम्सालले सहभागीहरुलाई सुखी र खुसी हुन सधैं वर्तमान कालमा नै जिउन सक्नुपर्ने बताएका थिए ।

उनले जुन काम गर्दा पनि शत्प्रतिशत दिएर काम गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा रमण भट्टराई नेपालीले सकारात्मक सोच विषयमा प्रशिक्षण दिँदै सहभागीहरुलाई उत्प्रेरणा जगाएका थिए ।