यादव समाज सेवा केन्द्रलाई एक कठ्ठा जग्गा दान

रमेशकुमार यादव । नेपालगन्ज
शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले यादव समाज सेवा केन्द्रको भवन निर्माणका लागि एक कठ्ठा जग्गा दान दिने भएका छन् ।
केन्द्रले महेन्द्र पुस्तकालय नेपालगन्जमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख यादवले जग्गा दान गर्ने घोेषणा गरेका हुन् । सोही कार्यक्रममा लुम्बिनी प्रदेश कृषि तथा भूमि मन्त्री भण्डारीलाल यादव अहिरले नेपाल यादव सेवा समिति महासंघका अध्यक्ष भुवनेश्वर यादवलाई स्वागत तथा सम्मान गरेका थिए।