वडा स्तरीय फुटबलको उपाधि टीकापुर-१ ‘ए’ लाई

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका-७ मा आयोेजना गरिएको खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि टीकापुर–१ ‘ए’ले जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा टीकापुर-८ बी र टीकापुर-१ ए बीच भएको खेलमा मध्यान्तर अघि वडा नं. ८ ले १ गोल गरेर अग्रता लिएको थियो तर मध्यान्तरअघि वडा नं. १ एले १ गोल गरेपछि खेल बराबरी भएको थियो । खेलको २५ औ मिनेटमा वडा न १ ले पुनः गोल गरेर अग्रता लिएको थियो । त्यसपछि त्यही गोल नै निर्णायक भएर टीकापुर १ ले १ गोलका विरुद्ध २ गोल गरेर बिजयी भएको थियो । विजेतालाई ५१ हजार रुपैयाँ शिल्ड र उप–विजेतालाई ३१ हजार रुपैयाँ र शिल्ड प्रदान गरिएको थियो ।
महेश रावलको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष दीर्घ ठकुल्ला प्रमुख अतिथि थिए । वडान ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपानेको स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रम मा वडा न १ का अध्यक्ष मोहन बिकले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा सर्बाधिक गोल गर्ने टीकापुर–१ का प्रकाश बोहरा, बेस्ट डिफेन्डर रोशन खत्री, उत्कृष्ट गोल रक्षक पुकार साउँद ,उदयीमान खेलाडी कुशल ठकुल्ला, उत्कृष्ट खेलाडी प्रज्वल बिष्टलाई नगद २ हजार ५ सय, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो। समापन अघि छात्राहरुको मैत्रीपूर्ण खेलमा कर्णाली मावि सत्तीलाई शिल्ड र प्रमाणपत्र, कापी कलम वितरण गरिएको थियो । प्रतियोगितामा कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर, बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिकाका गरी २४ टिमको सहभागिता रहेको थियो ।