जनमत त्रैमासिक रक्तदान ५९औं श्रृङ्खला : ४० जनाद्वारा रक्तदान

पवन जायसवाल । नेपालगन्ज
बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्धसाप्ताहिक पत्रिकाको त्रैमासिक रक्तदानको ५९औं श्रृङ्खलामा ४० जनाले रगत दान गरेका छन् ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेको समन्वय र सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को सहयोगमा जनमतले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, खेलाडीसहित नियमित स्वयम्सेवी रक्तदाता ३४ पुरुष र ६ महिलाले रक्तदान गरेका हुन् ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, सिद्धबाबा हार्डवेयर÷स्टार पोेलिपाइप प्रालिका सञ्चालक कमलकुमार कार्कीले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।


नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, राप्तीसोनारी गाउँपालिका नेपाल स्वसम्सेवी रक्तदाता समाज राप्तीसोनारीकी उपाध्यक्ष अमृता केसी, दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका उप सम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, नियमित रक्तदाता लक्ष्मणकुमार वैश्य, निरजमान श्रेष्ठ, विनोदकुमार वैश्य, पवनकुमार वैश्य, गौतमप्रसाद पौडेल, एसओएस युवालय नेपालगन्जकी सहायक निर्देशक मीना भुसाल (तुलाधर) ले रक्तदान गरेका थिए ।

स्वयम्सेवी रक्तदाता दिनेश थापाले दुई महिनाको छोरा बोकेर रक्तदान गरेका थिए भने अन्य रक्तदाताहरुमा नमुकुमार पाण्डे, गुणराज पाण्डे, सविन थापा, सतिश वर्मा, दिनेश थापा, गोकर्ण न्यौपाने, शेरबहादुर सारु, विजय अधिकारी, विदुर कार्की, नवीन ओली, रुस्तम अली दर्जी, विजय महत, सुस्मिता शाह, विधान जोशी, धनिताकुमारी ओली, सन्दिप खड्का, अर्जुन अर्याल, सम्झनाकुमारी खडका, अमित अग्रवाल, सुदीप खड्का, किरण ओली, राजेश शर्मा, सुमन बडुवाल, सोनम गौतम, सोमराज सोनी, ओमराज सोनी, प्रदीप भण्डारी, तोरणबहादुर डाँगी, राज ढुंगाना, भीमप्रसाद पाठक लगायतले रक्तदान गरेका थिए ।

सबै रक्तदातालाई जनमत त्रैमासिक रक्तदानको व्याच वितरण गरिएको थियो भने कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोमप्रसाद सापकोटा, होमराज गिरी, महेश रानाक्षेत्री, सुनिल पुलामी, सञ्जय बढही, वीरेन्द्र योगीले प्राविधिक सहयोग गरेका थिए ।

जनमतले २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५९औं श्रृङ्खलासम्म करिब तीन हजार पिन्टभन्दा बढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
स्वास्थ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साताभित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।