इण्डियन आइडलकी नेपाली गायिका मेनुकाले गाइन, सिमसिमे पानीमा…

नेपालगन्ज : गायनको भारतीय रियालिटी शो इण्डियन आइडलकी उत्कृष्ट १० मा पुगेकी नेपाली गायिका मेनुका पौडेलको गीतले आइतबार नेपालगन्ज रंगशालामा दर्शक झुमे ।
अन्तरालले नेपालगन्जमा आयोजना गरेको नेपाल कल्चर फेष्टिबलको चौथो दिन इण्डियन आइडलकी नेपाली गायिका मेनुकाले सिमसिमे पानीमा गीत गाएर दर्शकको मन जितेकी हुन् ।
हिन्दी गीत सुनौ ल एउटा ? उनले अनुमति मागिन्, हजुरहरुलाई मन पर्नेहिन्दी गीत गाउँछु । त्यसपछि उनले सुमधुर स्वरमा हिन्दी गीत लगजा गल से…गाइन । उनले हिन्दी र नेपाली गीत आधा आधा गाउने भन्दै दर्शकसँग अनुमति मागेकी थिइन् । नेत्रहीन भएर पनि इण्डियन आइडलमा उत्कृष्ट प्रस्तुतीले गायिका पौडेलको चर्चा विश्वभर चुलिएको छ ।

म्युजिक फर हारमोनी भन्ने नाराका साथ आयोजना गरेको नेपाल कल्चर फेष्टिबलमा यसअघि तेस्रो दिन झुमा लिम्बु र कुटुम्बका गीत, संगीतले गुञ्जाएमान भएको थियो ।