नेपालगन्ज विमानस्थलको पार्किङ्ग शुल्कबारे छलफल

नेपालगन्ज : नेपालगन्ज विमानस्थलको पार्किङ्ग शुल्कबारे छलफल भएको छ ।
सार्वजनिक सरोकारको मुद्दामा बहस पैरवी गर्ने कानुन व्यवसायी र नागरिक अगुवाले बुधबार नेपालगन्ज विमानस्थल परिसरमै नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालय, विमान सेवा कम्पनीका प्रतिनिधिबीच छलफल गरिएको हो ।
अधिवक्ता वसन्त गौतमका अनुसार नागरिक उड्डयन कार्यालयले विमानस्थलमा शुुल्क लिए वापत यात्रीले पाउने सुविधा, शुल्क निर्धारण कसरी हुने र त्यो रकम कहाँ खर्च हुन्छ ? भन्नेबारे उड्डयन कार्यालय प्रमुख सुरेशप्रसाद खनालसँग जिज्ञासा राखेका थिए । प्रमुख खनालले विमानस्थल क्षेत्रका कमिकमजोरीमा सुधार गर्ने र नियमित अनुगमन गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपालगन्ज विमानस्थलमा मोटरसाइकल, स्कुटर र रिक्सा प्रतिघण्टा २० रुपैयाँ र प्रतिदिन १२० रुपैयाँ तोकेको छ । त्यसैगरी कार, जीपले प्रति घण्टा ४० रुपैयाँ र प्रतिदिन २४० रुपैयाँ शुल्क तोकेको छ । त्यस्तै, मिनी बस, माइक्रो प्रति घण्टा ६० रुपैयाँ र प्रतिदिन ३६० रुपैयाँ शुल्क तोकेको छ । बस र ट्रक प्रति घण्टा ९० रुपैयाँ र प्रतिदिन ५४० रुपैयाँ शुल्क तोकिएको छ । कार्यालयले नेपालगन्ज विमानस्थलको पार्किङ्ग ५ वर्षका लागि सार्थक ट्रेड सेन्टर एण्ड सप्लायर्स नेपालगन्जले एक करोड ८० हजार एक सय रुपैयाँ ठेक्का लगाएको छ ।