६ चैत्रदेखि नेपालगन्जमा सातौं प्रादेशिक महोत्सव हुँदै

नेपालगन्ज : लघु घरेलु तथा साना उद्योगहरूद्वारा उत्पादित विभिन्न बस्तुहरूको बजारीकरणका लागि
आगामी ६ चैत्रदेखि नेपालगन्जमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके एवंं महिला उद्यमी समितिको मुुख्य आयोजना र महासंघ नेपालगन्ज उपमहानगरपालिका समितिको सहआयोजनाम नेपालगन्ज १ धम्बोझीको वाटरपार्कको खुला मैदानमा चैत्र ६ देखि १८ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको मंगलबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष मधु खड्काले जानकारी दिइन् ।

महोत्सवमा कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्यास लगायतका बढीमा ३०० वटा स्टल हुनेछन् । स्थानीय तथा राष्ट्रिय कलाकारले हरेक दिन सांस्कृतिक कार्यक्रम गर्नेछन् ।