नेपालगन्ज-२१ का पूर्ववडाध्यक्षको नातीको हत्या

रमेशकुमार यादव । बिर्ता
बाँकेको नेपालगन्ज उपमहानगरपालिका २१ मा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार मृत्यु हुने नेपालगन्ज २१ का पूर्ववडाध्यक्ष रञ्जित खाँका अन्दाजी २२ वर्षीय नाति अरबी खाँको हत्या भएको हो । शनिबार राति नै हत्या भए पनि आइतबार बिहान प्रहरीलाई खबर गरिएको थियो । हत्याराको खोजी गरिरहेको प्रहरीले जनाएको छ। मृतकको शव भेरी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।