भारत-नेपाल मैत्री होली महोत्सव सम्पन्न

मानबहादुर ठकुल्ला । तिकुनिया (भारत)

भारतको लखिमपुर खिरी जिल्लाको तिकुनियमा भारत नेपाल मैत्री होली महोत्सव सम्पन्न भएको छ ।
भारत नेपाल मैत्री संगठनको आयोजनामा भएको महोत्सवमा नेपालका तर्फबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका प्रतिनिधि धीरेन्द्र शाही, नेपाल उद्योग वाणिज्य संघका टीकाराम जोशी, टीकापुर उद्योग वाणिज्य संघका महासचिव नवराज रिमाल, टीकापुर नगरपालिका पूर्व उप प्रमुख केशरी बिष्ट लगायतको सहभागिता रहेको थियो भने भारतका तर्फबाट आषिश अग्रवाल, डा. सुनिल सत्यार, विजयपाल सयौं नेपाली र भारतीयको सहभागितामा महोत्सव भएको थियो ।

महोत्सवमा भारतको तिकुनियाका स्थानीयले साँस्कृतिक कार्यक्रम प्रस्तुुत गरेका थिए । नेपाली पक्षले थारुहरुको सखिया नाच लगायतका प्रस्तुति देखाएका थिए । नेपालका टीकापुस्थित खप्तड संंस्कृति समाजले होली नृत्य प्रस्तुत गरेको थियो । सांस्कृतिक कार्यक्रमबाट नेपाली र भारतीय दर्शकले नाच्दै भरपूर मनोरञ्जन लिएका थिए ।