पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ मूल्य घट्यो
नेपालगन्ज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको हो।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्री वितरण हुनेछ। घटाइएको मूल्य राति १२ बजेदेखि लागू हुने छ।