रेडिमेड तथा ब्याग व्यवसायिक समितिको अध्यक्षमा पौडेल

नेपालगन्ज : रेडिमेड तथा ब्याग व्यवसायिक समिति नेपालगन्जको अध्यक्षमा सन्तोष पौडेल निर्वाचित भएका छन् । पौडेल नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका सदस्य पनि हुन् ।

था पाँचौ अधिवेशनबाट अध्यक्षमा पौैडेलसहित पदाधिकारी र सदस्य सबै सर्वसम्मत् रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिए ।

समितिको वरिष्ठ उपाध्यक्ष नन्दराम जैसी, उपाध्यक्ष पदम श्रेष्ठ, महासचिव सुदन केसी, उपमहासचिव गणेश भण्डारी, कोषाध्यक्ष चाँदबाबु अन्सारी र प्रवक्ता चक्रबहादुर मल्ल निर्वाचित भएका छन् । समितिको बरिष्ठ सदस्य मछेन्द्र पौडेल, सदस्यहरु विज्ञान श्रेष्ठ, ध्रुवराज आचार्य, देवेन्द्र धामी, विनोद थारु, नेत्र धामी, रेशमप्रसाद श्रेष्ठ र गिरीप्रसाद पटना सबै निर्विरोध रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।