नेपालगन्जमा यो वर्षको सबैभन्दा धेरै गर्मी
नेपालगन्ज : बाँकेमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा काठमाडौैंको तापक्रम बुलेटिन अनुसार मंगलबार अधिकतम् तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको छ । जबकी यहाँको न्यूनतम्् तापक्रम नै ४० डिग्री सेल्सियस रहेको छ । नेपालगन्जमा जस्तै भैरहवामा पनि अधिकतम् तापक्रम ४२ र न्यूनतम् तापक्रम ४० डिग्र्री सेल्सियस रहेको विभागले जनाएको छ । नेपालगन्जमा गत चैत्रको दोस्रो सातादेखि नै लू चल्न थाले पनि केही दिनको वर्षाले मौसम केही चिसिएको थियो । वैशाखको पहिलो साता नै ४२ डिग्री सेल्सियस तापक्रम पुगेपछि यो वर्ष तापक्रम अझै बढ्ने आकलन गरिएको छ ।