१०६ जना चिडिमार समुदायले लिए निःशुल्क स्वास्थ्य सेवा

नेपालगन्ज : नेपालगन्जका चिडिमार समुदायले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।
एकीकृत समाज सन्जाल बाँकेको आयोजना, बलेहिया चिडिमार विकास समाज बाँकेको प्रायोजन तथा नेपालगन्ज आँखा अस्पताल र नेशनल हस्पिटल प्र्रा.लि.सँगको सहकार्यमा आइतबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १०६ जनाले स्वास्थ्य सेवा लिएका थिए । सञ्जालका अध्यक्ष माधवप्रसाद पोखरेलको अध्यक्षता र नेपालगन्ज १८ का वडाध्यक्ष तरुण बज्राचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।