नेपालगन्जमा कपडाको प्याड बनाउने तालिम सुरु
नेपालगन्ज : सेनेटरी प्याडको विकल्पको रुपमा कपडाको प्याड महिनावारी झोला बनाउने तालिम मंगलबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
सामाजिक विकास डिभिजन बाँकेको सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा नेपालगन्ज १० का किशोरी तथा महिलाहरुका लागि तालिम आयोजना गरिएको हो ।
संस्थाका अध्यक्ष रमादेवी शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० कि सदस्य बिना थापा मगरको प्रमुख आथित्यमा तालिम शुभारम्भ गरिएको थियो ।
७ दिनसम्म सन्चालन हुने तालिममा अनिता न्यौपाने र पार्वती कडायतले सहजीकरण गरिरहेका छन् । तालिममा २० जना सहभागी किशोरी तथा महिला सहभागी भएका छन् ।









