राप्ती सोनारीका ८ वटा विद्यालयलाई चिलिङ मेसिन वितरण
रमेशकुमार यादव । पनेरिया
बाँके राप्ती सोनारीका ८ वटा विद्यालयलाई चिलिङ मेसिन वितरण गरिएको छ । राप्ती सोनारीको वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेलले मंगलबार वडामा रहेका ५ वटा समुदायिक विद्याल र ३ निजी विद्यालयलाई चिलिङ मेसिन हस्तान्तरण गर्नु भएको हो ।
चर्को गर्मीको बेला चिलिङ मेसिनले प्रति घण्टा १५० लिटर पानी चिसो बनाउने क्षमता रहेको छ । वडा अध्यक्ष खरेलले गर्मीमा चिसो पानी खाएर पठनपाठन सहज होस् भनेर अघिल्लो आर्थिक वर्षमा विनियोजित बजेटबाट ९ वटा चिलिङ मेसिन किनेर वितरण गरेको बताउनु भयो । उहाँले सात दिनभित्र मेसिन जडान गरेर विद्यार्थीलाई चिसो पानी खाने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिनु भएको थियो ।









