बाँकेको बैजनाथमा पत्रकारिता तालिम सुरु

जीगाउँ : बाँकेको बैजनाथ गाउँपालिकामा पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु गरेको हो ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले सोमबार तालिमको उद्घाटन गर्नु भएको थियो । अध्यक्ष शाहीले पत्रकारिता तालिमपछि समाचार लेख्दा सत्य, तथ्य र सन्तुलित समाचार लेख्न आग्रह गर्नुभयो ।
पहिलो दिनको तालिम पत्रकार शंकरप्रसाद खनालले पत्रकार, पत्रकारिता, डिजिटल मिडिया र पत्रकार आचार संहिताको विषयमा सहजीकरण गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तिलक गाउँलेको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको सञ्चालन सचिव कृष्ण ओलीले गर्नु भएको थियो । तालिममा बैजनाथ गाउँपालिकाका सबै वडाका गरी ४० जना युवायुवतीको सहभागिता रहेको छ ।









