बाँके-बर्दियाका पत्रकार महिलालाई क्षमता अभिबृद्धि तालिम

नेपालगन्ज : बाँके र बर्दियामा क्रियाशील पत्रकार महिलाहरुका लागि नेपालगन्जमा सञ्चालीत तिन दिने क्षमता अभिबृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जको आर्थिक मा क्रियाशिल पत्रकार महिला बाँकेकोे समन्वयमा सहयोगमा बास नेपालले आयोजना गरेको तालिममा खोज पत्रकारिता, मोबाइल जर्नालिज्म, समाचारको तथ्य जाँच, डिजिटल मिडिया, न्यु मिडिया, सुशासन, नेतृत्व विकास, लैंगिक उत्तरदायी रिपोर्टिङ्ग, पत्रकार आचार संहिता र आत्मसुरक्षाका विभिन्न विषयमा सहजीकरण गरिएको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षता र सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख ऋषिराज शर्माको प्रमुख आतिथ्यता सम्पन्न समापन समारोहमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बास नेपालका सल्लाहकार रुद्रप्रसाद तिमिल्सिना र क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सहभागीसँग आग्रह गर्नु भएको थियो । तालिमका सहभागी अनिता विश्वकर्मा र सावित्री विश्वकर्माले तालिम उपयोगी भएको प्रतिक्रिया दिनुभएको थियो ।
तालिममा पत्रकार कृष्ण अधिकारी, शुक्रऋषि चौलागाई, शंकरप्रसाद खनाल, अक्षरी पोख्रेल, नमस्कार शाह, सावित्री गिरी र हेमराज भट्टले सहजीकरण गर्नु भएको थियो ।
तालिममा बाँके र बर्दियाका २५ जना क्रियाशिल पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।