जनमत पत्रिका रक्तदान : ७०औँ श्रृङ्खला पूरा

नेपालगन्ज : बाँकेबाट प्रकाशित हुने पत्रिका जनमत अद्र्धसाप्ताहिकले २० वर्षमा रक्तदान अभियानको ७०औं श्रृङ्खला पूरा गरेको छ ।
जनमतले गोपाल–नीना फाउण्डेशन नेपालसँग गत शुक्रबार बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा संयुक्त रुपमा ७०औं श्रृङ्खला सम्पन्न गरेको हो । जहाँ १६ पुरुष र १ जना महिला गरी १७ जनाले रक्तदान गरेका थिए । जनमतले २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन त्रैमासिक रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

अस्पताल प्रमुखलाई स्वागत
रक्तदान अभियानको ७०औं श्रृङ्खलाको अवसरमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका नवनियुक्त निर्देशक वरिष्ठ क्यान्सर विशेषज्ञ डा. नीरज भट्टराईलाई स्वागत गरेका थिए ।
कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालका अनुसार सो कार्यक्रममा अस्पताल प्रमुख भट्टराई र डा. वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुभाष मेहतालाई आयोजकको तर्फबाट जनमत सम्पादक पूर्णलाल चुकेले खादा ओढाएर स्वागत र बधाई दिनुभएको थियो ।