नेपालगन्ज र कोहलपुरका २० लायन्स क्लब अध्यक्षद्वारा पदभार ग्रहण
नेपालगन्ज : बाँकेको नेपालगन्ज र कोहलपुरका २० वटा लायन्स क्लबहरुले आइतबार जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपाल एरिया नं. ४ को नेपालगन्जमा रहेका १६ वटा क्लबले संयुक्त रुपमा क्लब अफिसर इन्टलेसन तथा इण्डक्सन प्रोग्राम आयोजना गरेका थिए ।
नेपालगन्जमा लायन्स क्लब अफ नेपालगन्ज अन्तर्गत रहेका क्लबहरु लायन्स क्लब अफ नेपालगन्ज बजार, लायन्स क्लब अफ नेपालगन्ज भेरी, लायन्स क्लब अफ नेपालगन्ज युनिटी, लायन्स क्लब अफ नेपालगन्ज सिनर्जी, लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरी, लायन्स क्लब अफ नेपालगन्ज युथ, लायन्स क्लब अफ नेपालगन्ज न्युरोड, लायन्स क्लब अफ नेपालगन्ज सिद्धिविनायक, लायन्स क्लब अफ नेपालगन्ज जीवन, लायन्स क्लब अफ नेपालगन्ज वाटरपार्क, लायन्स क्लब अफ नेपालगन्ज खजुरा, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, लायन्स क्लब अफ नेपालगन्ज एभरेष्ट, लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ, लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र लायन्स क्लब अफ नेपालगन्ज मिड टाउनले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।
त्यसैगरी कोहलपुरमा रहेका लायन्स क्लब कोहलपुर, लायन्स क्लब अफ कोहलपुर सयपत्री, लायन्स क्लब अफ कोहलपुर प्रोफेसन र लायन्स क्लब कोहलपुर भ्यूका लायन वर्ष २०२६ २०२७ का लागि निर्वाचित नयाँ अध्यक्षले शपथ तथा पदभार ग्रहण गर्नु भएको हो । क्लबका नयाँ सदस्यलाई पनि स्वागत कार्यक्रम गरिएको थियो ।
दुबै स्थानमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपालका गभर्नर टीकाराम चपाईले नवनिर्वाचित क्लब अध्यक्ष र पदाधिकारीलाई शपथ ग्रहण गराउँदै बधाइ तथा कार्यकालको सफलताको कामना गर्नु भएको थियो ।
उहाँले क्लब अध्यक्षहरुलाई स्मरणीय सेवाका कार्य गर्न पनि सुझाव दिनु भएको थियो ।
कार्यक्रममा फस्ट भाइस डिष्ट्रिक गभर्नर डा.नेत्र चटौतले नयाँ सदस्यहरुलाई स्वागत गर्दै लायन्स क्लब, यसका कार्य र लायन्स सदस्यको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा नयाँ सदस्यलाई गभर्नर पिन लगाइदिनु भएको थियो ।
कार्यक्रममा कोर्डिनेटर मधुसूदन शर्मा, इमिडिएट पीडीजी ज्ञानेन्द्रकुमार श्रेष्ठ, फस्ट भाइस डिष्ट्रिक गभर्नर डा.नेत्र चटौत, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर चिन्तामणि धिताल, पिडीजी मुकुट ढकाल, पीडीजी शेमराज शाक्य, डिष्ट्रिक सचिव हरिहर बस्नेत र ४ नं. एरिया चिफ विन्दु चर्ती मगर लगायतले नवनिर्वाचित क्लब अध्यक्षहरुहरुलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्षहरुले आफ्नो कार्यकालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने नवनिर्वाचित अध्यक्षहरुले आगामी एक वर्षको दर्जनौं वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।










