नेशनल प्याब्सनको राप्तीसोनारीमा गौतम, खजुरामा भण्डारी र बैजनाथमा ताम्रकार संयोेजक निर्वाचित

रमेशकुमार यादव । शमशेरगन्ज
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोएसन नेपाल (नेशनल प्याब्सन) बाँकेले जिल्लाका तीन वटा पालिकामा समिति गठन गरेको छ ।

नेशनल प्याब्सनको शनिबार बाँकेको शम्शेरगन्जमा तीन पालिकाले संयुक्त रुपमा आयोजना गरेको चौथो पालिका अधिवेशनले राप्तीसोनारीमा सागरदत्त गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको सचिव कुलबहादुर केसी, कोषाध्यक्ष गोविन्दसिंह राठोर, सदस्यहरु बालकिसुन चौधरी र रमेशकुमार चौधरी निर्वाचित हुनु भएको छ ।

त्यसैगरी खजुरामा नेशनल प्याबसनको संयोजकमा कृष्ण भण्डारी, शंकरप्रसाद देवकोटा सचिव र युनुस खाँ कोषाध्यक्ष निर्वाचित हुनु भएको छ । राप्तीसोनारी र खजुराको संयोजक दोहोरिनु भएको हो भने ।

त्यसैगरी बैजनाथ नेशनल प्याब्सनको संयोजकमा थोमस ताम्रकार, सचिव पृथ्वीबहादुर खड्का र कोषाध्यक्ष मीना खत्री निर्वाचित हुनु भएको छ ।
संयुक्त अधिवेशनमा संगठित प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो । अधिवेशनको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा विशिष्ट अतिथि वडा नं. ८ का वडाध्यक्ष तथा नेशनल प्याप्सनका केन्द्रीय सचिव श्याम कुबेर, प्रदेश सदस्य शेरजंग गौतम लगायतले नवनिर्वाचित पालिका समितिलाई बधाइ तथा शुभकामना दिनु भएको थियो ।