शक्तिपीठ बागेश्वरीको महाआरतीमा दर्शकको घुँइचो (फोटो फिचर)

नेपालगन्ज : शक्तिपीठ बागेश्वरी नेपालगन्जको साउनको अन्तिम सोमबारको महाआरतीमा दर्शकको घुँइचो लाग्यो । महाआरतीस्थल भक्तजनले खचाखच भरिएको थियो । साउनको अन्तिम सोमबार भएकाले जिल्लाका टाढाटाढाबाट भक्तजनहरु आएका थिए ।