प्रधानमन्त्री कोषमा नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा ६ लाख रुपैयाँ सहयोग
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ ।
संघका अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वमा पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्यसहित कार्य समितिका पदाधिकारी र सदस्य सम्मिलित प्रतिनिधिहरुले बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ६ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
यो रकम संघले संस्थागत रुपमा १ लाख ५१ हजार र अरु रकम अध्यक्ष चिरञ्जीवी ओलीले १ लाख ११ हजार, पूर्वअध्यक्ष, कार्य समितिका पदाधिकारी, सदस्य र उद्योगी व्यवसायीले व्यक्तिगत रुपमा संकलन गरिएको हो ।
चीनको तिब्बतमा हिमताल फुटेर १० भदौमा भोटेकोशी नदीमा आएको विनासकारी बाढीका पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सघाउन सम्पूर्ण उद्योगी, व्यवसायीलार्ई आ-आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरिदिनुहुन अध्यक्ष ओलीले अपील गर्नु भएको छ ।








