जेन्जी आन्दोलनको एक वर्ष

नेपालगन्ज : जेन्जी पुस्ताले गरेको दुई दिने परिवर्तनकारी जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ ।
भ्रष्टाचारको विरोध र सुशासन हुनुपर्नेलगायत माग राख्दै २०८२ भदौ २३ र २४ भएको जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । संसद विघटन गरी सुशीला कार्की नेतृत्वको जेनजी सरकारले निर्वाचन गरी ताजा जनादेशमा देश गएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइको मत ल्याएर सत्ताको बागडोर सम्हालिरहेको छ । जनताले ताजा जनादेशमार्फत पूराना दललाई किनारा लगाउँदै अप्रत्यासित रुपमा रास्वपालाई सत्तामा लगेका छन्् । बालेन्द्र शाह नेतृत्वको सरकारले सत्ताको जेनजी माग सम्बोधन गर्ने बाचा सहित सत्ताको बागडोर सम्हालेको वर्ष दिन भने अझै पुगेको छैन । यो सरकारकोे कामको अहिले नै विश्लेषण गर्ने बेला भइसकेको छ्रैन ।
जेनजी आन्दोलनको क्रममा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का आयुष थापा र इन्जिनियर सुलभ राज श्रेष्ठ होनहार युवाले ज्यान गुमाएका थिए । सरकारले दुबै जनालाई शहिद घोषणा गरेको छ।
जेनजी आन्दोलनबाट कहाँ के क्षति
नेपालमा दुई दिने जेनजी आन्दोलनका क्रममा देशभर आन्दोलन र झडपका क्रममा प्रदर्शनकारी, कैदीबन्दी र प्रहरी अधिकारी गरी ७७ जनाको ज्यान गएको थियो । २ हजार ४२९ जना घाइते भएका थिए ।
आन्दोलनका क्रममा सिंहदरबार, संघीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र), सर्वोच्च अदालत, शीतल निवास (राष्ट्रपति कार्यालय) लगायत देशका ५४ जिल्लाका २६२ स्थानीय तहमा भौतिक संरचनाहरू क्षतिग्रस्त भए। देशभर ६२९ भवन पूर्ण रूपमा र १ एक ५६० भन्दा बढी भवन आंशिक रूपमा तोडफोड तथा आगजनीमा परे । नेपाल प्रहरीका मात्रै १७७ वटा भवन पूर्ण रूपमा नष्ट र २५८ वटामा आंशिक क्षति पुग्यो।
आर्थिक क्षतिक्षति मूल्याङ्कन समितिको प्रतिवेदन अनुसार भौतिक क्षति मात्रै ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भएको थियो । आन्दोलनका कारण २ हजार ३५३ जनाले रोजगारी समेत गुमाउनु परेको थियो ।








