भेरी अस्पताल विकास समितिका अध्यक्ष डा.सिग्देलद्वारा पदभार ग्रहण

नेपालगन्ज : भेरी अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देलले सोमबार पदभार ग्रहण गर्नु भएको छ ।

नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १५ असोज २०८३ मा भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ अनुुसार रिक्त रहेको अध्यक्ष पदमा डा.सिग्देललाई नियुक्त गरेको थियो ।

मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारको अन्तर्वार्ता लिएको थियो । उम्मेदवारको मूल्याङ्कनपछि विज्ञको टोलीले सिग्देललाई रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरिएको थियो।