आइतवार, मंसिर १४, २०७७ / Sunday 29th November 2020

पीसीआर ल्याबको सफल परीक्षणको खबर फेसबुुकबाट ‘ब्रेक’

भेरी अस्पतालमा पीसीआर मेसिनको परीक्षण हुँदै । फोटो : भेरी अस्पतालको फेसबुकबाट

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस (कोभिड-१९) को पीसीआर मेसिन जडान गरी सफल परीक्षण गरिएको छ ।
अस्पतालको फेसबुक पेजमा शनिबार साँझ ७ बजेतिर ‘आरटीपीसीआरबाट कोरोना परीक्षणको निम्ति सबै तयारी पूरा । भोलिबाट सेवा सुरु’ स्टाटस र ३ वटा फोटो अपलोड गरी जानकारी गराइएको हो । बहुुप्रतिक्षित कोरोेना प्रयोगशालाबारे पत्रकारहरुले पनि फेसबुक पेज हेरेर मात्र थाहा पाएका थिए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले पीसीआर मेसिनको दिउँसैै सफल परीक्षण भएपनि साँझ ७ बजेपछि फेसबुक पेजबाट खबर ब्रेक गरेको बताए । उनले बाँके जिल्लाबाटै चार पाँच वटा स्वाबका नमूना आइसकेकाले आइतबारदेखि नियमित परीक्षण हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *