‘बालविवाह रोक्न प्रहरीको भूमिका महत्वपूर्ण’

बालविवाह न्यूनीकरणका लागि सरोकारवालाहरुसँगको संवाद कार्यक्रम । फोटो सौजन्य : सलामत अलि शेख

नेपालगन्ज : बालविवाह रोकथामका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको बालविवाह न्यूनीकरणका लागि सरोकारवालाहरुसँगको संवाद कार्यक्रमका वक्ताले यस्तो जोड दिएका हुन् । कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतकी क्षेत्रीय प्रबन्धक मीना पराजुलीले बालविवाह रोकथाममा प्रहरीको भूमिका अनिवार्य तथा महत्वपूर्ण रहेको बताइन् ।

अधिवक्ता वसन्त गौतमले बालविवाहको सूचनाको आधारमा प्रहरीले कारवाही गर्नुपर्छ र नेपाल प्रहरीले सूचना गोप्यनियता राख्नुपर्ने बताए ।स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज ७ का वडा अध्यक्ष जुमन खाँ लगायतले बालविवाह रोकथाममा सरोकारवालाको भूमिकाबारे धारणा राखेका थिए । बाँकेमा अहिलेसम्म १५ वटा वडाहरु बाल विवाह मुक्त घोषणा भइसकेका छन् ।