माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

टीकापुर : कर्णाली नदीमा माछा मार्ने क्रममा एक जना एक जनाको डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो माछा मार्ने क्रममा कर्णाली नदीको बर्दियातर्फको तलाउमा चार बजेतिर राजापुर बस्ने ५० वर्षका हनिफ सल्मानीको माछा मार्ने क्रममा मृत्यु भएको प्रहरी चौकी सत्तीका इन्चार्ज चंखबहादुर कठायतले जानकारी दिए । शवको पोष्टमार्टमका लागि राजापुर प्राथामिक स्वास्थ्य केन्द्रमा पठाएको थियो ।