भेरी अस्पतालमा कोरोनाबाट थप १ को मृत्यु
नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा शनिबार कोरोनाबाट कैलालीकी एक महिलाको मृत्यु भएको छ । जोशीपुर–७ की ४९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोेभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसँगै बाँकेका अस्पतालमा कोरोनाबाट मृत्यु हुनुको संख्या ४२७ पुगेको छ ।