चोरीपैठारी गर्दै गरेको ५ बोरा सुपारी बरामद

नेपालगन्ज : बाँके प्रहरीले ५ बोरा सुपारी बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरस्थित नेपालबाट भारततर्फ भन्सार छली चोरीपैठारी गरी लग्दै गरेको ५० हजार रुपैयाँ बराबरको ५ बोरा सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सुपारीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको छ । सुपारी नेपालबाट भारतमा चोरी निकासी हुने गरेको छ ।