नेपालगन्जको दशगजाको क्वारेन्टाइनमा रहेका १८१ जना २३औं दिनमा घर फर्के

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरस्थित निर्माणाधीन सुख्खा बन्दरगाहमा रहेको १८१ जना घर फर्केका छन् ।
शुक्रबार ७ वटा गाडीको व्यवस्था गरी उनीहरुलाई २२ औं दिनमा घर पठाइएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख माधव रिजालले जानकारी दिए ।
१५औं दिनमा ६ वटा गाडीमा घर पठाउन गाडीमा बसिसकेको बेला गृहमन्त्रालयको आदेश भन्दै उनीहरुलाई रोकिएको थियो ।