स्थानीय पार्टी समितिलाई तालमेल गर्ने अधिकार दिने काँग्रेस बाँकेको निर्णय

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेले स्थानीय अवस्था र आवश्यकता अनुसार चुनावी तालमेलको निर्णय गर्ने अधिकार पालिका स्तरीय समितिलाई दिने निर्णय गरेको छ ।
कांग्रेस बाँकेका पदाधिकारीको शनिबार बसेको बैठकले आफ्ना मातहतका निकायलाई स्थानीय अवस्था र आवश्यकता हेरेर निर्णय लिन निर्देशन दिएको पार्टी प्रबक्ता डिल्ली गिरीले बताए । नेपाली कांग्रेस केन्द्रको परिपत्र र पाँच दलीय सत्ता गठबन्धनको निर्णय अनुरुप बाँकेमा जिल्लास्तरीय गठबन्धन दलको बैठक निरन्तर बसेको थियो ।