७० वर्षीया महिलालाई कुटपिट गरी हत्या

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका –१८ कि ७० वर्षीया लीलावती गुप्ताको हत्या गरेको अभियोगमा प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय शिवकुमार वढईले सोमबार राति पसलमा समान किन्ने क्रममा विवाद भइ गुप्तालाई कुटपिट गरेका थिए । उपचारका क्रममा गुप्ताको मृत्यु भएको थियो । गुप्ताको मृत्युपछि वढई फरार थिए । प्रहरीले मंगलबार बढइलाई जमुनाह नाकाबाट पक्राउ गरेको हो ।