अन्तर्राष्ट्रिय अवधी सम्मेलनमा बाँकेका पत्रकार सूर्यलाल यादव सम्मानित

रमेशकुमार यादव । कम्दी
बाँकेका अवधी भाषी पत्रकार सूर्यलाल यादवलाई सम्मान गरिएको छ ।
कपिलवस्तुको तौलिहवामा सम्पन्न द्वीतिय अन्तर्राष्ट्रिय अवधि सम्मेलनमा अवधी पत्रकार संघका केन्द्रीय समिति नेपालगन्जका संस्थापक अध्यक्ष यादवलाई अवधि भाषा, कला संस्कृति, पत्रकारिता र साहित्यमा अतुलनीय योगदान गरेको भन्दै सम्मानित गरिएको हो । यादव दुई दशक बढी समयदेखि पत्रकारिता पेशामा छन् । लुम्बिनी प्रदेश सरकारका कानुन बालबालिका महिला तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, अवधी सांस्कृतिक विकास परिषद् कपिलवस्तुका अध्यक्ष पशुपतिमणि त्रिपाठी र शिक्षा तथा सांस्कृति प्रबद्र्धन केन्द्र नेपालका अध्यक्ष रमेश शर्माले संयुक्त रुपमा सम्मान गरेकी हुन् ।