बर्दिया र कैलालीका १२ सहकारीलाई कम्प्यूटर र ट्याब्लेट सहयोग

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली र बर्दियाका पाँच स्थानीय तहका एक दर्जन सहकारीलाई कम्प्युटर र ट्याब्लेट सहयोग भएकोछ ।
टीकापुर नगरपालिका ७ सत्तीको उज्यालो बहुउद्देश्यीय सहकारी संस्था र प्राक्टिकल एक्सन नेपालको साझेदारीमा सञ्चालित सूचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्तर्गत साझेदार सहकारीलाई कम्प्यूटर र ट्याबलेट हस्तान्तरण गरिएको हो ।
उज्यालो सहकारी संस्थाका उपाध्यक्ष शशी श्रेष्ठका अनुसार सूचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम सञ्चालन रहेका कैलाली र बर्दियाका १२ वटा सहकारीलाई शनिबार सामग्री प्रदान गरिएको हो । सहकारीलाई सामग्रीले कृषकको बिमा गर्नमा सहयोग हुने उद्देश्यका साथ सामग्री प्रदान गरिएको स्टोन स्टेपका दिनेश पन्तले जानकारी दिए । सूचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका र मधुवन नगरपालिकामा सञ्चालनमा रहेको कार्यक्रम संयोजक हेमन्तराज जोशीले जानकारी दिए ।