११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा नाबालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार टीकापुर नगरपालिका ७ की ११ वर्षिया नाबालिकालाई घरमा कोही नभएको अवस्थामा जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका १८ वर्षिय हरिप्रसाद चौधरीलाई सोमबार पक्राउ गरिएको हो ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । चौधरीमाथि जबर्जस्ती करणी सम्बन्धी कसुरमा कैलाली जिल्ला अदालत कैलालीबाट अनुसन्धानका लागि थुनामा राख्न ५ को म्याद थप गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।