कृषि मन्त्रीद्वारा कृषि ज्ञान केन्द्रको भवन उद्घाटन*

नेपालगन्ज : लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री सुमन शर्मा रायमाझीले कृषि ज्ञान केन्द्र बाँकेको कार्यालय भवनको उद्घाटन गरेकी छन् ।
उक्त नवनिर्मित भवनको शुक्रबार मन्त्री रायमाझीले उद्घाटन गरेकी हुन् । २०७४ सालमा शिलान्यास गरेर २ करोड ६० लाखमा निर्माण सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारी, डुडुवा कृषि शाखा प्रमुख सुशीलकुमार शर्मा लगायतले बाँकेको कृषि क्षेत्रको विषयमा धारणा राखेका थिए । * सच्चाइएको