लक्ष्मीपूजामा घर-घरमा दीपावली (फोटो फिचर)

नेपालगन्ज : हिन्दु धर्मालम्बीहरुको दोस्रो ठूलो चाड तिहारको लक्ष्मीपूजाको अवसरमा सोमबार नेपालगन्जका घरघरमा दीपावली गरिएको छ । सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको थियो । घर आँगन सफासुघ्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ ।