डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मी पनि आन्दोलित

रमेशकुमार यादव । डुडुवा
बाँकेको डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मी पनि आन्दोलित भएका छन् । गाउँसभा नभएका कारण डुडुवाका शिक्षक तथा कर्मचारीले पाँच महिनादेखि तलब भत्ता खान नपाएको भन्दै आइतबारबाट कालो पट्टी बाँधेर आन्दोलन सुरु गरेकै दिन स्वास्थ्यकर्मी पनि आन्दोलित भएका छन् । गाउँपालिकाका स्वास्थ्य र वडा कार्यालयका कर्मचारीले गाउँपालिका तलाबन्दी गरेका छन् । वडा नं ५ का वडाध्यक्ष झंकबहादुर थापाका अनुसार शिक्षा स्वास्थ्य कर्मचारीको तलब र सुरक्षा भत्ताको हक हित अधिकारको संरक्षणका लागि गाउँसभा डाक्न पहल गर्ने बताउँछन् । जनताका सेवक (जनप्रतिनिधि)ले जनताकै सेवा सुविधा अवरोध गरेको भन्दै आलोचना भइरहेको छ । राजनीतिक खिचातानीका कारण डुडुवामा गाउँसभा नै हुन सकेको छैन ।