ग्लोबल ओरियन्सको नामबाट ठगी गरेको अभियोगमा दुई महिलासहित ८ पक्राउ
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरबाट प्रहरीले ग्लोबल ओरियन्स नेपाल प्रालिको नामबाट ठगी गर्ने ८ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी उद्बवबहादुर भाटका अनुसार ग्लोबल ओरियन्सको शाखा कार्यालय टीकापुरको कर्मचारी भन्दै कम्पनीमा नोकरी लगाइदिने, आकर्षक लाभांश दिलाइ दिने भन्दै फेसबुकबाट चिनजान गरि टीकापुर बोलाएर प्रति व्यक्ति ४० हजारदेखि एक लाख २० हजार नगद संकलन गरेर ठगी गरेको अभियोगमा ६ किशोर र दुई किशोरीलाई पक्राउ गरिएको हो ।
चिरन्जीवी बुढा समेतले इप्रका टीकापुरमा दिएको ठगी सम्बन्धी कसुरको जाहेरी दरखास्तको आधारमा मुद्दा दर्ता गरी दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका ४ तिलुखाना बस्ने वर्ष २० का डेकेन्द्रबहादुर बिक, टीकापुर नगरपालिका ५ का ३३ वर्षका लालवीर चौधरी, चामुण्डा विन्द्रासैनी नगरपालिका ८ बस्ने वर्ष १९ को रविन्द्र बोहरा, सोही ठाउँका वर्ष १८ को भरेश शाही, जिल्ला दैलेख दुल्लु नगरपालिका ९ बस्ने वर्ष १९ को खगेन्द्र जैशी, दैलेखकै आठबिस नगरपालिका १ बस्ने वर्ष २५ को जितेन्द्र बिक सोहि ठाउँ बस्ने वर्ष २३ की दुर्गा बिक र वडा नं. ३ बस्ने वर्ष २० की वर्षा बडुवाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इप्रका टीकापुरले जनाएको छ ।