बर्दियामा आधारभूत तहका शिक्षकलाई प्रशिक्षण

गुलरिया (बर्दिया) : बदियाको गुलरियामा आधारभूत तहका शिक्षकलाई एकीकृत पाठ्यक्रम तथा पाठ्य सामग्री सम्बन्धी पाँच दिने प्रशिक्षण सुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च स्याक नेपालले सञ्चालन गरेको सिकाइ परियोजनाले जिल्लाका २५ विद्यालयका शिक्षकहरुका लागि आधारभूत तह (कक्षा १–३) को एकीकृत पाठ्यक्रम तथा पाठ्यसामाग्री सम्बन्धी प्रशिक्षण शुरु गरिएको हो ।
संस्थाका सहसचिव विष्णु अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन शत्रमा सस्थाले विगत लामो समयदेखि बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहसँगको समन्वयमा बालबालिका, महिला तथा विपन्न परिवारसँग काम गरिरहेको र अछिल्लो समयमा बर्दिया जिल्लाको ६ वटा स्थानीय तहमा शिक्षाको गुणस्तर बृद्धिका लागि परियोजना मार्फत काम गरिरहेको बताउँदै यस तालिमबाट शिक्षकहरुको अवधारणा अनुसार यस पाठ्यव्रmममा सिकाइ हासिल हुने र सक्षमता तथा सिकाइ उपलब्धी र ती सक्षमता तथा सिकाइ उपलब्धी प्राप्तिका लागि आवश्यक विषयवस्तुलगायत सिकाइ सहजीकरण प्रव्रिmया र विद्यार्थी मूल्याङ्कनका लागि आवश्यक निर्देशनसहितको सिकाइ योजनाका रूपमा बालबालिकाको सिकाइलाई मार्गदर्शन गर्न सहज हुने बताए ।
प्रशिक्षणमा आधारभूत तहका विषयगत पाठ्यव्रmम, एकीकृत पाठ्यक्रममा समावेश गरिने व्यवहार कुशल सीपहरू र एकीकृत पाठ्यव्रmमको समग्र संरचनाबारे समावेश गरिएको सहजकर्ता मनोज भण्डारीले बताए । ४ वैशाखदेखि ८ गतेसम्म सञ्चालन हुने तालिममा परियोजना सञ्चालन भएका बर्दिया जिल्लाका २६ विधालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागीता रहेको कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।