पौडेलको नेतृत्वमा खुद्रा व्यवसायी संघ

नेपालगन्ज : तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज बाँकेको अध्यक्षमा हिमनाथ पौडेल निर्वाचित भएका छन् ।
संघको शनिबार नेपालगन्जमा सम्पन्न चौथो–छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
संघको उपाध्यक्ष सुरेशजंग बन्जारा, महिला उपाध्यक्ष रुक्मिना भारती, सचिव युवराज काफले, सह–सचिवमा ललितबहादुर कडायत र कोषाध्यक्ष केदारप्रसाद दाहाल चयन भएका छन् । यसैगरी संघको सदस्यहरुमा तुलसीराम अधिकारी, सन्तोष बजगाई, सन्जु श्रेष्ठ, प्रमिला बस्नेत, सरिता काफले, नरेन्द्रसिंह ठकुरी, अर्चना घिसिङ, चन्द्रमाया नेपाली, तुलसी महता र दिनेश सापकोटा चयन भए ।
संघका अध्यक्ष शिवप्रसाद दाहालको अध्यक्षतामा सुरु भएको अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले उद्घाटन गरेका थिए ।
२३ पुस २०७३ मा भीम रानाभाटको अध्यक्षतामा नेपालगन्जमा खुद्रा व्यवसाय संघ गठन गरिएको थियो । संघको नाम परिवर्तन गरेर अहिले तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ बनाइएको छ । संघमा ३५० सदस्य छन् ।