गाभर लायन्स पार्कमा वृक्षारोपण

गाभर भ्याली (बाँके) : लायन्स क्लब इन्टरनेशनलले शनिबार बाँकेको बैजनाथ गाउँपालिका १ मा रहेको गाभर लायन्स पार्कमा वृक्षारोपण गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनले नेपालगन्जमा आयोजना गरेको गभर्नर प्रेसिडेन्ट मीट प्रोग्रामको समापनको अवसरमा २ सय ५० वटा १२ जातका गुलमोहर, स्वामी, सिंगापुरे लगायतका विरुवा रोपिएको हो ।

लायन्स गाबर पार्कका संयोजक पीडीजी शेम शाक्यको नेतृत्वमा आयोजित वृक्षारोपण कार्यक्रममा मल्टिपल काउन्सिल चेयर पर्सन सीबी चन्द, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनका गभर्नर मुकुट ढकाल, द्वितीय भाइस डिस्ट्रिक गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठ, पीडीजी मधुसुधन शर्मा लगायत एरिया, रिजन, जोन प्रमुख तथा विभिन्न क्लबका अध्यक्षहरुले वृक्षारोपण गरेका थिए ।
गाभरमा लायन्स क्लब इन्टरनेशनलले गाभर लायन्स पार्क स्थापना गरेर सामुदायिक वनलाई हस्तान्तरण गरेको थियो । पार्कमा खानेपानी, पिकनिक पार्कलगायतका पूर्वाधारहरु पनि लायन्स क्लबले नै निर्माण गरेको हो ।