आर्ट अफ लिभिङले मनायो गुरू पूर्णिमा

नेपालगन्ज : द आर्ट अफ लिभिङ सोमबार गुरू पूर्णिमा मनाएको छ ।
एक्काइसौं शताब्दी सुहाउँदो योग, ध्यान, अध्यात्मिक ज्ञान, शिक्षा र सेवाको क्षेत्रमा कार्यरत संंस्थाा द आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकरप्रति सम्मान भाव प्रकट गर्दै गुरू पूर्णिमा पर्व मनाएको हो । आर्ट अफ लिभिङका योग प्रशिक्षकत्रय काव्य लम्साल, सुचिता थापा र माला शर्माका साथै स्वयंसेवकहरुले गुरू पूजा र सत्सङ्ग गरेर गुरू पूर्णिमा मनाएका हुन ।

गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरूजनप्रति सम्मान भाव प्रकट गर्दै हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरू पूर्णिमा पर्व मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नास गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।