शिक्षक नरहरि बजगाईको निधन, फेसबुकमा कसले कसरी सम्झे

नेपालगन्ज : बर्दियाको चूरे माध्यमिक विद्यालय बगनाहा र किसान माध्यमिक विद्यालय बनकट्टीका पूर्वशिक्षक नरहरि बजगाईको ८१ वर्षको उमेरमा निधन भएको छ ।
एक महिनाभन्दा बढी समय काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गरेर निको भइ एक साता अघि घर फर्केका बजगाईको बुधबार बिहान भेरी अस्पतालमा दिनभर र मध्यराति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको भेन्टिलेटरमा राखेर उपचार गरिएकोे थियो । अक्सिजनको लेभल ८० प्रतिशत भन्दा माथि नपुगेपछि घरमै राखेर उपचार भइरहेको बेला निधन भएको छोरी शारदा बजगाईले जानकारी दिइन् ।
शिक्षण पेशाबाट सेवा निवृत्त भए पनि उनले नेपालगन्ज र आसपासका क्षेत्रमा पण्डित्याइ गर्ने गर्थे । निधनपछि सामाजिक सञ्जालमा पूर्वविद्यार्थी, जजमान, आफन्तहरुले श्रद्धाञ्जली व्यक्त गर्दै यसरी सम्झेका छन् :
नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष टंकबहादुर धामी लेख्छन् स् ‘अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा न ३ जन्मथलो हुँदै कर्म थलोको रूपमा बर्दिया, ठाकुरबाबा नगरपालिका वडा नं। ५ बनकट्टी हुँदै हाल नेपालगन्ज १० मा बसोबास गर्दै आउनु भएका श्री चुरे मा बि बगनाहाका पूर्वशिक्षक नरहरि बजगाई ज्युको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ ।’
‘सादगी जीवन, इमान्दार व्यक्तित्व, हामी सबैका श्रद्देय गुरु, पूर्वशिक्षक पन्डित नेपालगन्ज भृकुटिनगर निवासी श्रद्धेय नरहरि बजगाईको आज दिउँसो दुःखद निधन भएको खबरले मर्माहत बनाएको छ’, गैसस महासंघका केन्द्रीय सदस्य नमस्कार शाहले फेसबुकमा लेखेका छन् ।
एपीवान टेलिभिजनमा काठमाडौंमा कार्यरत पत्रकार निरजराज जोशीले शिक्षण सिकाइको अनुभव यसरी बाँडेका छन् ः ‘बर्दिया जिल्लाकै अग्रणी विद्यालय चुरे माविमा शैक्षिक जीवनको अधिकांश समय बिताउनु भएका हजारौं विद्यार्थीलाई कखरा र त्यसमाथिका हजारौं विद्यार्थीलाई संस्कृत भाषाको सामान्य ज्ञान र श्लोकहरु सिकाउनु भएका तपाईंलाई कहिल्यै बिर्सन सक्दैनौं । चुरेमा पढ्दा कक्षा कोठा बाहिर ठूलो सिमलको रुख मुनी बेतको लठ्ठीले ट्वाक्क टाउकोमा हान्दै पाठ पढ्न लगाउने गरेका ती दिन हिजो झैं लाग्छ । तपाईंको सामान्य जीवन शैली र मेहनतको आदर्श धेरै सुनियो र त्यो तपाईंले पढाएका विद्यार्थीले सिके सिकेनन् थाहा भएन रु तपाईसँगै विद्यालयको कार्र्यालयमा चना र चिया पिउने सहकर्मीले सहज रुपमा लिए लिएनन् त्यो पनि थाहा भएन रु तर आज फर्केर हेर्दा तपाईं एक आदर्श गुरु, सरल सामाजिक जागरणकर्ता र निष्ठाको पर्याय हुनुहुन्थ्यो र चुरे माविको एक पूर्वविद्यार्थी हुनुको नाताले तपाईंप्रति सधैं सदभाव रहिरहने छ ।’
विश्वासिलो सहकारी संस्था मढेलाका अध्यक्ष चित्रप्रसाद खनालले ‘जीवनलाई वास्तविक रुपमा बुझ्न सफल व्यक्तित्व ,जस्ले पैसाको महत्व बुझी पैसा कमाउने भन्दा पनि बचाउने शिक्षाका अनुपम उदाहरणीय लब्ध प्रतिष्ठित अनुकरणीय प्राज्ञिक मेरो सानो बुबा नेरामावि कर्मलाका प्रअ भाइ जगतराज बजगाईका चरण वन्दनीय पिताश्री नरहरि बजगाई बुबाको असामयिक निधनको खबर मात्रै सुन्दा स्तब्ध भएको छु’भनेर सम्झेका छन् ।
शारदा माविका सहकर्मी शिक्षक अविलाल गड्तोलाले पनि निधनबाट मर्माहत भएको लेखेका छन् ः ‘बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं। ५ वनकट्टी निवासी चुरे मावि बगनाहा र किसान मावि वनकट्टीका पूर्वशिक्षक नेपाल राष्ट्रिय मावि कर्मलाका प्रअ जगतराज बजगाईका पिता तथा श्री शारदा आवि शाहीपुरकी शिक्षक पवित्रा गौतमका ससुराबा कुशल अभिभावक दाजु श्री नरहरी बजगाईँज्यूको आज असामयिक दुःखद निधन भएको खबरले मर्माहित छु ।’
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नविन गिरीले ‘हाम्रा पुरोहित सादगी व्यक्तित्व नरहरि बजगाईंज्युको असामायिक निधनले स्तब्ध बनाएको छ’ भनेका छन् ।
चुरे माविका शिक्षक सुशील पौडेलले लेखेका छन् स् ‘चुरे माध्यामिक विद्यालयमा हामीलाई सस्कृत र नैतिक शिक्षा विषय पढाउनु भएका गुरु नरहरि बजगाइ सरको निधनले स्तब्ध बनायो ।’
चुरे माविका पूर्वविद्यार्थी घनश्याम खनालले ’केवल अब सम्झनामा मात्र सिमित रहयो । धार्मिक, शिक्षा र गुरुमन्त्र दिनुभएका आदरणीय गुरूबा नरहरि बजगाईको निधनको खवरले अत्यन्तै दुःखित भएको छु ।
पत्रकार वेदप्रकाश तिमिल्सैनाले पनि सम्झेका छन् स् ‘हाम्रा गुरु आदरणीय नरहरि बजगाई ज्युको नेपालगन्जमा निधन भएको खबर सुनेर दुःखी, स्तब्ध अनि भाव विह्वल भएको छु । मैले र भाइ रेशमले आमा अनि भाइबहिनीहरुको उपस्थितिमा सादगी तरिकाले बागेश्वरी मन्दिरमा व्रतबन्ध गरेका थियौ । गुरु हजुरले बागेश्वरी मन्दिरमा हामी दुई भाइ ९मेरो र भाई रेशम० को व्रतबन्ध गरेको झलझली सम्झिरहेको छु । तप , योग , ध्यान र साधनाको बलले अवश्य पनि हजुर धर्मशास्त्रमा उल्लेख भएको स्वर्ग र बैकुण्ठमा नै पुग्नुहुन्छ । भाउ रेशम पनि त्यही ९स्वर्ग र बैकुण्ठ० मा भेटिएला उसको हेरविचार गर्नुहोला गुरु ।’
नेपालगन्ज उपमहानगरपालिका १८ का वडा सदस्य दिग्विजय ढुंगानाले दाहसंस्कारबारे जानकारी दिँदै लेखेका छन् ू ‘बर्दिया ठाकुरबाबा ५ बन्कट्टी निवासी आदरणीय गुरु नरहरि बजगाईको आज मिति २०८०र०५र०७ गतेका दिन भएको असामयिक निधनले स्तब्ध बनाएको छ आदरणीय गुरुको बैकुण्ठमा बास होस परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस गुरु प्रति हार्दिक श्रद्धाञ्जली । भोलि ८ भाद्र बिहान ९ बजे भृकुटीनगरबाट राप्ती नदीको सिधनिया घाटमा अन्त्येष्टि कार्यक्रम रहेको जानकारी गराउँछु ।’