बाँकेको नरैनापुरमा एकैैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगन्ज : बाँकेको नरैनापुरमा सोमबार थप नयाँ ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि नै नरैनापुरमा ९ जनामा कोरोना संक्रमण भएको थियो ।
शुक्रबार कोरोना संक्रमण भएका ८ जनासँग सम्पर्कमा रहेका दुई सय ६३ जनाको थ्रोट स्वाबको कोरोना परीक्षण गर्दा आइतबार २५ वर्षका एक युवकको कोरोनाबाट ज्यान गएको थियो । उनीसँगै स्वाब संकलन गरेका थप ४७ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भिडियो पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटा नरैनापुरका ४६ पुरुष र एक जना महिलालाई कोरोना संक्रमण पुष्टि गरेको हो । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँका अनुसार गाउँपालिकाका १३ वटा क्वारेन्टाइनमा सोमबारसम्म ८ सय ८ जनालाई राखिएको छ ।
मन्त्रालयका अनुसार मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिंगका एक एक जना गरी थप ४ जनामा पनि सोमबार नै कोरोना पुष्टि भएको थियो । नेपालमा कोराना संक्रमितको संख्या तीन सय ५७ पुगेको छ । अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने ३६ जना निको भएका छन् ।