नरैनापुरका ५९ संक्रमित रातभर अरुसँगै हेलमेलमा, अरु व्यक्तिमा कोरोना फैलिने खतरा

File photo

नेपालगन्ज : बाँकेको नरैैनापुर गाउँपालिकाका सोमबार अपरान्ह र राति पुष्टि भएका ५९ जना कोरोना संक्रमित रातभर अरुसँगैको हेलमेलमा बसेका छन् ।
क्वारेन्टाइनभित्र रहेका संक्रमित र अन्य सामान्य व्यक्तिलाई को को संक्रमण भयो भन्ने खबर नदिँदा अरु ब्यक्तिसँगै बसे । संक्रमित व्यक्तिसँगको सम्पर्कमा रहेका अरु व्यक्तिमा पनि कोरोना फैलिने खतरा बढेको छ ।
नरैनापुरका ४७ जनाको कोरोना पुष्टि भएको १६ घण्टाभन्दा बढी भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सवा ४ बजेतिर उनीहरुलाई कोरोना भएको पुष्टि गरेको थियो । तर, उनीहरु सामान्य व्यक्ति नै क्वारेन्टाइनमै बसे । मंगलबार बिहान मात्र संक्रमितलाई अलग राखिएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर विसीले बिहान सबै संक्रमितलाई अलग राखिएको बताए ।
मंगलबार बिहानसम्म पनि आइसोलेसन अस्पतालको तयारी नभइ सकेकाले उनीहरुको तत्कालै उचित व्यवस्थापन हुने सम्भावना छैन ।