टीकापुरमा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा बालविवाहविरुद्ध सचेतना जगाउन सडक नाटक प्रदर्शन गरिएको छ । बालविवाह न्यूनिकरणका लागि बालबालिकासहित अभिभावक पनि सचेत हुनुपर्ने सन्देश दिएको थियो । सडक नाटकमा २० वर्ष पुगेपछि विवाह गर्ने उमेर भएको र बाल उमेरमा विवाह भएमा बालबालिकामा हुने असरका बारेमा समेत सन्देश दिइएको थियो ।

टीकापुर ७ को आर्थिक सहयोगमा डाँडाबोझी युवा क्लबको आयोजनामा वडाका बेलुवा चौराहा, बेलुवागाँउ, दिव्यपुर दुर्जनपुर, बैदी, खैरझाला, सत्ती पदमपुर लगायतका स्थानमा बालविवाहविरुद्ध र लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको वडा न ७ का वडा सदस्य राजकुमार चौधरीले जानकारी दिए ।
थारु भाषामा तयार पारिएको सडक नाटकमा लागूऔषधको प्रयोगबाट हुने असर र त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको थियो ।लागूऔषध नियन्त्रणका लागि अभिभावक पनि सचेत हुन जरुरी रहेको सन्देश दिइएको थियो ।