सञ्चारिका समूह बाँकेको अध्यक्षमा पवित्रा परियार

नेपालगन्ज : सञ्चारिका समूह बाँकेको अध्यक्षमा पवित्रा परियार निर्वाचित भएकी छन् ।
समूहको आइतबार सम्पन्न छैंठौ अधिवेशनले परियारको नेतृत्वमा कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो । समूहको उपाध्यक्ष सरला सुवेदी, महासचिव आशा परियार, सचिव अनिता विक र कोषाध्यक्ष धना केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बिष्णु डाँगी, जनता रैका, सायदा बानो, सन्ध्या गैरे, कल्पना शाही प्रिया, शिवानी विक, प्रमिला विक, स्मृति देवकोटा र निशा शाह सर्वसम्मत् चयन भएका छन् ।