मुख्यमन्त्री कोहलपुर गोल्डकप : बाहिरिए विदेशी क्लब

कोहलपुर : मुख्यमन्त्री कोहलपुर गोल्डकपमा स्वदेशी क्लबको वर्चश्व भएको छ । दुई विदेशी क्लब क्वाटर फाइनल चरणमबाटै बाहिरिएका छन् ।
मंगलबारको अन्तिम क्वाटरफाइनलका खेलमा अफ्रिकन घाना फुटबल क्लबलाई काँक्रेविहार फुलबल क्लब सुर्खेतले पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित सेमिफाइनलमा प्रवेश छ । निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि पेनाल्टीमार्फत नतिजा निकालिएको थियो ।

यस अघि आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुटआउटमा नै ४–३ गोल अन्तरले भारतको साहारा फुटबल क्लब लखनउलाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको थियो ।
आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँके र प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौँ पनि सेमिफाइनल प्रवेश गरेका छन् । अब स्वदेशी क्लबबीच उपाधिका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।